Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • ब्याजदर तत्काल घटाउन माग गर्दै धनगढीका उद्योगी, व्यवसायी सडकमा

    ब्याजदर तत्काल घटाउन माग गर्दै धनगढीका उद्योगी, व्यवसायी सडकमा

    अनलाइन नेपाल
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 855
    SHARES

    धनगढी । बैंक तथा वित्तीय संस्थाहरुले आफुखुसी व्याजदरमा वृद्धि गरेको भन्दै धनगढीमा व्यवसायीहरूले प्रदर्शन गरेका छन् ।

    उद्योग वाणिज्य संघ कैलालीको नेतृत्वमा विभिन्न व्यवसायमा संलग्न व्यवसायीहरूले यस विषयमा सरकार गम्भीर नभए थप आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।



    एक अंकको व्याजदर कायम हुनुपर्ने, बैंकहरुको आन्तरिक खर्च कटौती गरी स्पे्रड दर ३ प्रतिशत कायम गर्नुपर्ने, सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी गत वर्षकै आधारमा लिनुपर्ने, व्याज बुझाउने म्याद ३५ दिनसम्म राख्नुपर्ने जस्ता माग पनि उनीहरुले गरेका छन् ।



    धनगढी चौराहदेखि पार्कमोडसम्म निकालिएको विरोध र्‍यालीमा सरकार र नेपाल राष्ट्र बैंकविरुद्ध व्यवसायीले नाराबाजी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार