Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यु–१९ क्रिकेट टिमको कप्तानमा देव खनाल नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यू–१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानीमा देव खनाल नियुक्त गरेको छ ।

मंगलबार सामाजिक सञ्जालमार्फत क्यानले देवलाई कप्तानीको जिम्मेवारी दिइएको जनाएको हो । यसअघि गुलशन झाले यू–१९ क्रिकेट टोलीको कप्तानी गर्दै आएका थिए ।

तर, उनी विश्व क्रिकेट लिग टू अन्तर्गत यूएईमा हुने सिरिजका लागि सिनियर टोलीसँग जाने भएपछि देवलाई कप्तानीको जिम्मेवारी दिइएको हो । युवा टिम भोलि युएई प्रस्थान गर्नेछ ।

प्रतियोगितामा नेपाल सहित कुवेत, मलेसिया, युएई, हंगकंग र सिंगापुर प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेता टिम २०२४ मा श्रीलंकामा आयोजना हुने यु-१९ विश्वकप खेल्न छनोट हुनेछ । नेपालले पहिलो खेल फेब्रुअरी २४ तारिखमा सिंगापुरसंग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077