Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

निष्पक्षताका साथ अब्बल निर्णायकको भूमिका निर्वाह गर्छु : सभामुख घिमिरे

वालिङ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफू अहिले निर्णायकको भूमिकामा रहेकाले अब्बल निर्णायक भएर देखाउने बताएका छन् ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा आज मिर्मीमा आयोजित खेलकुद महोत्सव एवं अध्यक्ष कप प्रतियोगिता, २०७९ को उद्घाटन गर्दै उनले निष्पक्षताका साथ अब्बल निर्णायकको भूमिका निर्वाह गर्ने बताए ।

प्रतिनिधिसभाको समामुखको भूमिकामा आफू रहेसँगै निष्पक्षताका साथ भूमिका निर्वाह होस् भन्ने धेरैको कामना रहेको भन्दै उनले आफू त्यो भूमिकामा अब्बल भएर देखाउने बताए ।

“म अहिले अम्पायरको भूमिकामा छु र अब्बल अम्पायर भएर देखाउने छु,” उनले भने, “तर, त्यसका लागि खेलाडी र टिमले राम्रो खेल प्रदर्शन गर्नुपर्छ । विजयी हासिल गर्ने काम टिम र खेलाडीमाथि भर पर्छ ।”

जनताले गरेका अपेक्षा पूरा गर्नका लागि तयार रहेको उनले बताए । भौतिक पूर्वाधार, बाटोघाटो, खेलमैदानको विकास तथा संस्कार संस्कृतिको संरक्षण र प्रवर्द्धनमा यहाँका स्थानीयले आफूप्रति राखेको अपेक्षा पूरा गर्नका लागि सहजीकरण गर्ने उनले बताए ।

खेल जीवनको अभिन्न अङ्ग, जीविकाको आधार तथा राष्ट्रकै पहिचान बनाउन सक्ने भएकाले यसलाई व्यावसायिकतातर्फ जोड्दै जानुपर्नेमा उनले जोड दिए ।

गण्डकी प्रदेशसभा सदस्य महेश भट्टराई, निर्मला थापा, निवर्तमान प्रदेशसभा सदस्य मोहन रेग्मी, गाउँपालिकाका अध्यक्ष खीमबहादुर थापा, उपाध्यक्ष सावित्रा कोइरालालगायतले प्रतियोगिताको सफलता साथै निरन्तरताका लागि शुभकामना व्यक्त गरे । कालीगण्डकी पालिकास्तरीय प्रतियोगिता भोलि सकिने छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077