Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रको प्रस्ताव - राष्ट्रप्रमुखका रूपमा पूर्वराजा ज्ञानेन्द्रलाई अघि सारौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भावी राष्ट्रप्रमुखमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई अघि सार्नु उपयुक्त हुने बताएका छन् ।

आज सामाजिक सञ्जालमार्फत वरिष्ठ उपाध्यक्ष मिश्रले राष्ट्रप्रमुखको भूमिका पूर्वराजा शाहलाई दिन सकिने विकल्प सुझाएका हुन् । उनले राष्ट्रपतिलाई राजनीतिभन्दा माथिको पद भनिएपनि राष्ट्रपतिको भूमिका सदा पार्टीगत रहेको आरोप लगाए ।

मिश्रले लेखेका छन्, ‘राष्ट्रपतिलाई राजनीतिभन्दा माथिको पद भनियो। तर राष्ट्रपतिको भूमिका सदा पार्टीगत रह्यो। सेनाबाहेक देशका सबै संस्था क्षयीकृत छन्। समाज महाभ्रष्ट छ। आइक्यू संरमै सबैभन्दा कम छ। धर्मसंस्कृतिमाथि धावा बोलिएको छ।

देश अन्तर्राष्ट्रिय भूराजनीतिको चपेटामा पर्दैछ र परिसक्यो। यस्तो अवस्थामा कहिले ‘होली वाइन’, कहिले ‘विदेशीका एजण्ट’, कहिले ‘नातावादमा लिप्त’, कहिले ‘भ्रष्ट’ र ‘राष्ट्रघातमा अभ्यस्त’हरूको नाम राष्ट्रपतिको पदका लागि चर्चामा छ। राष्ट्रपतिको संस्था भनेको संकटको घडीमा आड दिने ‘कुशन’ हुनु पर्ने हो।

तर त्यो कुशासनको केन्द्रविन्दू बनेको छ। देश नै निरन्तर कमजोर, बदनाम र संकटउन्मुख बन्दै गएको अवस्थामा राजा ज्ञानेन्द्रलाई ‘राष्ट्रप्रमुख’का रूपमा किन अघि नसार्ने ?’

सेनाबाहेक देशका सबै संस्था क्षयीकृत भएको, धर्मसंस्कृतिमाथि धावा बोलिएको र देश अन्तर्राष्ट्रिय भूराजनीतिको चपेटामा परेको उनको निस्कर्ष छ ।

समाज महाभ्रष्ट रहेको र धर्मसंस्कृतिमाथि धावा बोलिएको उल्लेख गर्दै देश अन्तर्राष्ट्रिय भूराजनीतिको चपेटामा परिसकेको उल्लेख गर्दै उनले राजासँग सहकार्यको प्रस्ताव गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077