Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपतिमा एमालेकै उम्मेदवार विजयी हुन्छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ राष्ट्रपति एमालेबाटै हुने बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम प्रस्ताव गरेको सार्वजनिक भइरहेका बेला महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

पोखरेलले भने, ‘निर्वाचनमा जीत–हार स्वभाविक हो। पराजित भइएला भनेर उम्मेदवारी नदिने कुरा आउँदैन । तर, यसपटकपनि राष्ट्रपति निर्वाचनमा एमालेकै उम्मेदवार विजयी हुनेमा हामी विश्वस्त छौँ।’

आगामी राष्ट्रपतिको उम्मेदवार पार्टीबाटै हुने र विजयी हुने पोखरेलको दावी छ। सत्तागठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रबीच राष्ट्रपतिको उम्मेदवारका विषयमा सहमति जुट्न सकिरहेको छैन् ।

ओलीले पछिल्लो समय एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालको नाम प्रस्ताव गरेका थिए । एकिकृत समाजवादी भने यतिबेला नेपाली कांग्रेससँगको गठबन्धनमा आवद्ध छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077