Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मनी ट्रान्सफरका कर्मचारीबाट लुटियो ९ लाख, लुटेरा खोज्दै प्रहरी

सिराहा । सिराहामा मनी ट्रान्सफरका कर्मचारीबाट लाखौ रुपैयाँ लुटपाट भएको छ ।

मनी ट्रान्सफरका लागि लग्दै गरेको अवस्थामा कल्याणपुर मिर्चैया सडकखण्डमा पर्ने कटहा पुलबाट ९ लाख रुपैयाँ लुटिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार मिर्चैयास्थित ग्लोबल आइएमई बैंकबाट कल्याणपुर नगरपालिकास्थित मनी ट्रान्सफरमा जाँदै गरेका एक कर्मचारीबाट ९ लाख रुपैयाँ लुटपाट भएको हो ।

चार जनाको समूहले कर्मचारीबाट रकम लुटेको प्रहरीले जनाएको छ । अहिले लुटेराको खोजतलास भइरहेको र ठाउँ ठाउँमा प्रहरी परिचालन गरिएको सिराहा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077