Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवा र प्रचण्डको बैठकमा माधव नेपालको इन्ट्री

काठमाडौं । बालुवाटारमा जारी कांग्रेस र माओवादीको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि सहभागी भएका छन् ।

अध्यक्ष नेपाल नेताहरू बेदुराम भुसाल र घनश्याम भुसालसहित बालुवाटार पुगेका हुन् । राष्ट्रपतिको विषयमा निर्णायक वार्ता गर्न बसेका कांग्रेस-माओवादीको बैठकमा नेपालको प्रवेश भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ र शक्ति बस्नेत रहेका छन् भने कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत छन् । बालुवाटारमा राष्ट्रपति निर्वाचनबारे छलफल गर्न पुगेको उनको सचिवालयले जनाएको छ ।

शनिवार राष्ट्रपतिको उम्मेदवार मनोनयन हुँदैछ। बिहानमात्रै प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटेका थिए। ओलीले प्रचण्डलाई राष्ट्रपतिमा एमालेको तर्फबाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र एमाले उपाध्यक्ष सुवास नेम्वाङको नाम प्रस्ताव गरेको बताइएको छ ।

यता कांग्रेसले भने वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम अघि सारेको छ। माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रिय सहमतिको उम्मेदवारको खोजीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077