Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसकारण प्रदेश नम्बर १ र गण्डकी प्रदेशका पहाडी भेगमा हल्का वर्षा र हिमाली भेगमा बिहीबार हिमपातको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेर बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज दिउँसो प्रदेश १ र गण्डकीका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। यी भागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ भने हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ ।

बिहीबार राति प्रदेश १, बागमती, गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077