Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

माइक्रो बसको ठक्करबाट कैलालीमा पैदलयात्रीको मृत्यु, पूर्वपश्चिम राजमार्ग बन्द

धनगढी । कैलालीको बल्मीमा माइक्रो बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ।

गोदावरी नगरपालिका – ९ बल्मीमा माइक्रो बसले ठक्कर दिँदा स्थानीय केहुँराम चौधरीको मृत्यु भएको हो।

बिहीबार बिहान धनगढीबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख ४०३२ नम्बरको माइक्रो बसले चौधरीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

दुर्घटनामा चौधरीको मृत्यु भएपछि घटनाको विरोधमा स्थानीयले अहिले बल्मी क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गराएका छन्।

राजमार्गमा अवरोध सिर्जना भएपछि विभिन्न गन्तव्यका लागि छुटेका सवारीसाधन बल्मीमा रोकिएका छन् । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077