Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

जी–२० अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री पौडेल भारत प्रस्थान

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल भारत प्रस्थान गरेका छन् ।

जी-२० का अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल बिहीबार भारत प्रस्थान गरेका हुन् ।

अर्थमन्त्री पौडेल दिउँसो सवा २ बजे नेपाल एयरलायन्सको जहाजमार्फत भारत गएको उनको निजी सचिवालयले जनाएको छ ।

जी-२० अर्थमन्त्रीहरूको सम्मेलन फागुन १२ र १३ गते भारतको बेङलुरुमा हुँदैछ ।

सम्मेलनका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारत, चीनलगायत विभिन्न देशका समकक्षीहरूसँग छलफल गर्ने कार्यक्रम छ ।

अर्थमन्त्री पौडेल फागुन १३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077