Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने तीन दलको निर्णय

काठमाडौं । सिंहदरबारमा बसेको तीन दलको बैठकले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार चयन गरेको छ ।

बिहीबार राष्ट्रपति निर्वाचनबारे सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठकले एकीकृत समाजवादीका अध्यक्ष माधवलाई राष्ट्रपतिको उम्मेदवार चयन गरेको हो ।

स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रपतिको उम्मेदवारबारे अन्तिम निर्णय गर्न शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्ने भएका छन् ।

यस्तै उनले नेपाली कांग्रसका सभापति शेरबहादुर देउवासँग पनि शुक्रबार बिहान छलफल गर्ने छन् । तीन दलीय बैठक पनि बुधबार फेरि बस्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077