Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • महिला टी-ट्वान्टी विश्वकपमा फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र इंग्ल्याण्ड भिड्दै

    महिला टी-ट्वान्टी विश्वकपमा फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र इंग्ल्याण्ड भिड्दै

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 552
    SHARES

    काठमाडौं । दक्षिण अफ्रिकामा जारी रहेको आठौं संस्करणको महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज शुक्रबार हुदैछ ।

    दोस्रो सेमिफाइनलमा आयोजक दक्षिण अफ्रिका तथा पहिलो संस्करणको विजेता इंग्ल्याण्डबीचमा खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ मा केपटाउनमा हुनेछ ।



    इंग्ल्याण्ड समूह ‘बी’ को शीर्ष स्थानमा रहेको थियो । दक्षिण अफ्रिका समूह ‘ए’ को उपविजेता भएको थियो ।



    शुक्रबारको सेमिफाइनलका विजेताले उपाधिको लागि अष्ट्रेलियासँग खेल्नेछ ।

    बिहीबार राति साविक विजेता अष्ट्रेलियाले पहिलो सेमिफाइनल खेलमा भारतलाई ५ रनले हराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार