Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • टी-२० सिरिजअन्तर्गत हङकङसँग नेपालको जित

    टी-२० सिरिजअन्तर्गत हङकङसँग नेपालको जित

    अनलाइन नेपाल
  • मंगलबार, ५ भाद्र २०८०
  • 687
    SHARES

    काठमाडौं । मलेसियामा भएको चार देश सम्मिलित महिला टी-२० सिरिजअन्तर्गत  हङकङविरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।

    हङकङले दिएको ८५ रनको विजयी लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।नेपालका लागि सम्झना खड्काले नटआउट ३६ रन जोडिन्।



    उनले ३६ बल खेल्दा ५ चौका प्रहार गरिन्। यस्तै सीता राना मगर ३ रनमा नटआउट रहिन्। राष्ट्रिय टिममा डेब्यू गरेकी ओपनर पूजा महतोले १६ रन जोडिन्। अर्की ओपनर विन्दू रावल शून्यमा आउट हुँदा इन्दू वर्माले ९ रन जोडिन्।



    कप्तान रूबिना क्षेत्री १० रनमा आउट भएकी थिइन्। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङ पाँच बल खेल्न बाँकी छदा ८४ रनमा अलआउट भएको थियो । सिरिजमा अब नेपालले भोलि कुवेत र शुक्रबार मलेसियासँग खेल्नेछ।

    त्यसपछि नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोट खेल्नेछ। मलेसियामा हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्।

    नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्। प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा अगस्ट ३१ मा आयोजक मलेसियासँग खेल्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार