Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ठूलो परिणाममा लागूऔषध र हातहतियारसहित पाँचजना पक्राउ

मकवानपुर । मकवानपुरमा ठूलो परिणाममा लागूऔषध र हातहतियारसहित पाँचजना पक्राउ परेका छन् ।

शुक्रबार राति जिल्लाको कैलाश गाउँपालिका-६ दुम्सीखर्क स्थित ७६ वर्षीय जित बहादुर मोक्तानको घर तथा गोठमा खानतलासी गर्दा घरबाट अवैध भरुवा बन्दुक १ थान, कटुवा पेस्तोल १ थान र ६ राउण्ड गोली फेला परेको हो ।

विशेष सूचनाको आधारमा मोक्तानको गोठबाट १ हजार ५१५ किलो गाँजा र १३ किलो चरेश, गाँजालाई च्याप्ने काठको फर्मा १ थान, तराजु १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता रामचन्द्र घिमिरेले जानकारी दिए ।

उनले उक्त हातहतियार र अवैध लागूऔषधसहित ७६ वर्षीय मोक्तान, २८ वर्षीय विजय मोक्तान, ४० वर्षीय रत्न घले, २२ वर्षीय अशोक घले र २२ वर्षीय शिखर घलेलाई पक्राउ गरिएको बताए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बतायएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077