काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल बंगलादेशबाट स्वदेश फर्किउका छन् ।
बंगलादेशको ढाकास्थित सर्वोच्च अदालत परिसरमा सार्क हुमेन राइट्स फाउन्डेशनको आयोजनमा ‘मानव अधिकार सम्मेलन–२०२३’ लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गरेर उनी शनिबार राति स्वदेश फर्किएका हुन् । उनी बिहीबार बंगलादेश प्रस्थान गरेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सम्मानित नेता खनालले बंगलादेश–नेपालबीच अति सुमधुर, बहुआयामिक सम्बन्ध रहेको र पारवहन सुविधा दिएको प्रतिक्रिया दिए ।
यस्तै उनले अहिले बनेको गठबन्धनलाई भ्यागुताको धार्नीको संज्ञा दिए । उनले भ्यागुता कति वेला उफ्रन्छन् भन्ने कुनै ठेगान नहुने बताए । खनालले गठबन्धनहरूबाट देशले पार नपाउने र यिनको आयु समेत नभएको बताएका छन् ।