Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्यानको साधारण सभा आजबाट सुर्खेतमा सुरु

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) को वार्षिक साधारण सभा सुर्खेतको वीरेन्द्रनगरमा आजबाट सुरु हुँदैछ ।

पोखरामा गत माघमा बसेको क्यानको बोर्ड बैठकले साधारण सभा सुर्खेतमा फागुन १४ र १५ गते गर्ने निर्णय गरेको थियो ।

क्यानको साधारणसभामा सेभेनथ्री स्पोर्ट्ससँगको सम्झौता रद्द गर्ने लगायतका विभिन्न आठ एजेन्डामा छलफल हुनेछ ।

साधारणसभामा ४५ जिल्लाका प्रतिनिधि, २१ प्रदेश प्रतिनिधि, १७ केन्द्रीय सदस्य, ३ पर्यवेक्षक, अम्पायर र प्रशिक्षक गरी ८७ जना सहभागी हुने क्यानले जनाएको छ ।

साधारणसभाको उद्घाटन कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले गर्ने छन् । क्यानले आफ्नो साधारण सभा काठमाडौँ बाहिर गर्ने गरेको थियो ।

त्यसैअनुसार यो पटक कर्णालीमा गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077