Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • मानव अधिकार परिषदको बैठकमा भाग लिन परराष्ट्रमन्त्री पौड्याल जेनेभा जाँदै

    मानव अधिकार परिषदको बैठकमा भाग लिन परराष्ट्रमन्त्री पौड्याल जेनेभा जाँदै

    अनलाइन नेपाल
  • आइतबार, १४ फाल्गुन २०७९
  • 489
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौडेल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा भाग लिन आजै जेनेभा प्रस्थान गर्ने भएकी छन्।

    जनेभा जानुअघि परराष्ट्र मन्त्रालयले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी मन्त्री पौडेल त्यसतर्फ प्रस्थान गर्ने जानकारी दिएको हो।



    मन्त्री पौडेलका अनुसार भ्रमणका क्रममा राष्ट्रिय मानव अधिकार आयोगलाई क श्रेणीमै कायम राख्न पहल हुनेछ ।



    मन्त्री पौडेल जेनेभाबाट दोहा आउने छिन् र अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।

    सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड पनि शुक्रबार कतार जाने कार्यक्रम छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री २२ र परराष्ट्रमन्त्री २३ गते फर्किने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार