Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • युएसएआइडी प्रमुख सामन्था र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

    युएसएआइडी प्रमुख सामन्था र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, २४ माघ २०७९
  • 504
    SHARES

    ????? ??????? ???? ???? ??????????????? ??????? ???? ??????? ????? (?????????) ?? ?????? ??????? ??????? ???????? ????????? ??? ?????????? ???????????????? ??. ????? ??? ??????? ? ??????? ??????? ?????-????

    काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएआईडी) की प्रमुख सामन्था पावरले मंगलबार अपरान्ह परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग भेटेकी छिन्।

    परराष्ट्र मन्त्रालय सिंहदरबारमा भएको भेटमा नेपाल अमेरिकाबीचको द्विपक्षीय हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ।



    भेटमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट सम्झौता अन्र्तगत परियोजना कार्यान्वयन, जलवायु परिवर्तन, नेपाललाई अति कम विकसित मुलुक (एलडीसी)बाट विकसित मुलुकका रुपमा स्तरउन्नति गरिएपछि प्रदान गरिने सहयोगलगायतमा छलफल भएको थियो।



    त्यस अवसरमा परराष्ट्र मन्त्री पौड्यालले अ‍ेमेरिकी सरकारले नेपाललाई गर्दै आएको सहयोगप्रति धन्यवाद दिइन्।

    पावर मंगलबार बिहान नेपाल आएकी हुन्। सामन्था पावर सन् २०२१ को मे ३ तारिखयता युएसएआइडीकी प्रमुख छिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार