Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • उपप्रधानमन्त्री पौडेल र यूएसएआईडी प्रमुख समान्थाबीच भेटवार्ता

    उपप्रधानमन्त्री पौडेल र यूएसएआईडी प्रमुख समान्थाबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, २५ माघ २०७९
  • 480
    SHARES

    काठमाडौं । दुई दिने भ्रमणमा रहेकी अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) प्रमुख सामन्था पावरले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेकी छन्।

    बुधबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगेर सामन्थाले अर्थमन्त्री पौडेलसँग भेट गरेकी हुन्।



    भेटका क्रममा उनले नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध बिस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी) को कार्यान्वयनमा जोड दिएकी छन्।



    उनले यसअघि मंगलबार परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग पनि भेटवार्ता गरेकी थिइन्। दुई दिने नेपाल भ्रमणमा मंगलबार काठमाडौं आइपुगेकी उनी आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर आज नै स्वदेश फर्किने कार्यक्रम रहेको छ।

    स्वदेश फर्किनुअघि आज साँझ ५ बजे उनले पत्रकार सम्मेलन गर्नेछिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार