Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अर्थमन्त्री पौडेलले भने – स्वदेशी वस्तुको बजारीकरण अहिलेको आवश्यकता हो

    अर्थमन्त्री पौडेलले भने – स्वदेशी वस्तुको बजारीकरण अहिलेको आवश्यकता हो

    अनलाइन नेपाल
  • शनिबार, ६ फाल्गुन २०७९
  • 498
    SHARES

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशमा उत्पादन भएका वस्तुको बजारीकरण अहिलेको महत्वपूर्ण आवश्यकता रहेको बताएका छन् ।

    नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको औद्योगिक प्रदर्शनी समापन समारोहलाई शनिबार सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।



    उनले घरेलु उद्यमी तथा उनीहरूका उत्पादनलाई बजारीकरण गर्ने कार्यमा अर्थ मन्त्रालय सहयोग गर्न सधैँ तयार रहेको बताए ।



    दुई लाख ५० हजार अवलोकनकर्ताका साथै पाँच करोड रुपैयाँको कारोबार गर्दै नेपाल १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला आज सम्पन्न भएको हो ।

    स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यसपटक यही फागुन २ देखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा आयोजना भएको थियो ।

    मुलुकभरका झण्डै छ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि व्यवसायमा संलग्न उद्यमीलाई प्रतिविम्बित गर्ने प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ र ‘मेहनत, सिर्जना, उत्पादन र वस्तु मैरै नेपालको’ भन्ने रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार