Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अर्थमन्त्री पौडेलले भने – राष्ट्र बैंकको निर्णयमा सरकारले हस्तक्षेप गर्दैन

    अर्थमन्त्री पौडेलले भने – राष्ट्र बैंकको निर्णयमा सरकारले हस्तक्षेप गर्दैन

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 477
    SHARES

    फाइल तस्विर

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्र बैंकलाई अर्थमन्त्रालयले कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।

    सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले भने, ‘राष्ट्र बैंक आफैं स्वायत्त कानुनको आधारमा सञ्चालित स्वायत्त संस्था हो । त्यसले आफ्ना विषयमा स्वतन्त्र निर्णय गर्ने अधिकार राख्छ । राष्ट्र बैंकलाई अर्थ मन्त्रालयले कुनै हिसावले हस्तक्षेप गर्दैन ।’



    अर्थमन्त्री पौडेलले बैंकहरुको ब्याजदर कम हुँदै गएकाले अझै घट्नुपर्नेमा जोड दिए । अर्थमन्त्री पौडेलले लघु तथा घरेलु, साना र मझौला उद्योगको क्षेत्रलाई प्रवर्द्धन गर्ने र यस क्षेत्रका समस्या समाधानका लागि सार्थक उपाय खोज्नुपर्ने बताए ।

    यो सरकार कुनैपनि नीति बनाउँदा र निर्णय गर्दा सम्बन्धित क्षेत्रसँग छलफल गरेर मात्रै निर्णय गर्ने पक्षमा रहेको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार