Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • गभर्नर राणाको निधनले अर्थ क्षेत्रमा अपूरणीय क्षति पुग्यो : अर्थमन्त्री पौडेल

    गभर्नर राणाको निधनले अर्थ क्षेत्रमा अपूरणीय क्षति पुग्यो : अर्थमन्त्री पौडेल

    अनलाइन नेपाल
  • आइतबार, २२ माघ २०७९
  • 525
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका प्रथम गभर्नर हिमालयशम्शेर राणाको निधनबाट मुलुकको बैंक, वित्तीय एवं समग्र अर्थ क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन्।

    अर्थमन्त्री पौडेलले ट्विट गर्दै राणाको निधनको खबर सुन्दा आफू स्तब्ध भएको र उनको निधनले नेपालको अर्थतन्त्रका क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका हुुन्।



    उनले लेखेका छन्,’नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर तथा नेपालको अर्थ तथा कूटनीतिक क्षेत्रका जानकार विशिष्ट व्यक्तित्व हिमालयशमशेर जबराको निधनको खबरले स्तब्ध छु।’



    अर्थमन्त्री पौडेलले यस दुुःखको घडीमा राणाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनका परिवारजनमा समवेदना व्यक्त गरेका छन्। राणाको ९५ वर्षको उमेरमा आजै थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार