Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • नेपाललाई सात अर्ब सहयोग दिने युएसएआइडी प्रमुख सामन्था पावरको घोषणा

    नेपाललाई सात अर्ब सहयोग दिने युएसएआइडी प्रमुख सामन्था पावरको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, २४ माघ २०७९
  • 705
    SHARES

    काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग नियोग युएसएआइडीकी प्रमुख प्रशासक समान्था पावरले सात अर्ब रुपैयाँभन्दा धेरै आर्थिक सहयोगको घोषणा गरेकी छन् ।

    नेपालका लोकतान्त्रिक संस्था र नागरिक समाजको सुदृढीकरणका लागि उनले मंगलबार ५ करोड ८५ लाख अमेरिकी डलर (साढे ७ अर्ब रुपैयाँभन्दा बढी) को आर्थिक सहयोग घोषणा गरेकी हुन् ।



    उक्त घोषणाको रकममध्ये ४ करोड २ लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश हो ।



    यसै वर्ष आमनिर्वाचन सम्पन्न भएसँगै सङ्घीयता सुदृढ गर्ने, महिला र सीमान्तकृत समुदायहरूको समावेशीकरणलाई अगाडि बढाउने, आफ्ना युवाहरूको सशक्तीकरण र लोकतन्त्रले आफ्ना नागरिकका हितमा परिणाम ल्याउन सक्छ भनी देखाउने अवसर नेपालसँग रहेको पनि अमेरिकाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार