Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • काठमाडौं आइपुगिन् यूएसएआईडी प्रमुख सामन्था पावर

    काठमाडौं आइपुगिन् यूएसएआईडी प्रमुख सामन्था पावर

    अनलाइन नेपाल
  • मंगलबार, २४ माघ २०७९
  • 531
    SHARES

    काठमाडौं । अमेरिकी विकास सहयोग नियोग यूएसएआईडी की प्रमुख समान्था पावर नेपाल भ्रमणमा आइपुगेकी छन्।

    आज बिहान काठमाडौं ओर्लिएलगत्तै उनी भक्तपुरको सानोठिमीस्थित आदर्श मावि पुगेकी हुन् । उनले स्कुलका विद्यार्थीहरुसँग बास्केटबल खेल्ने र अन्तर्क्रिया गर्ने कार्यक्रम छ । उनलाई स्कुलका विद्यार्थीहरुले परम्परागत नेवारी नाच देखाएर स्वागत गरेका थिए ।



    पावरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेट्ने कार्यक्रम रहेको जनाइएको छ।



    अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै पावर नेपाल आएकी हुन् । ​सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट भएको यही उच्च तहको भ्रमण हो ।

    राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत पावर अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् । उनी भोलि फर्किने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार