Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

झलनाथ खनालले भने- वामपन्थी पार्टीहरू एक ठाउँमा नआएसम्म देशमा परिवर्तन आउँदैन

सुर्खेत । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी एकता आवश्यक रहेको बताएका छन्।

आइतबार सुर्खेत विमानस्थल पत्रकारहरूसँग कुरा गर्दै उनले सम्पूर्ण वामपन्थीहरू एक ठाउँमा भएमा मात्र परिवर्तन हुनसक्ने बताए ।

उनले भने, ‘अहिले वामपन्थीहरूबीच एकता गर्नु नै देशको आवश्यकता हो। वामपन्थीहरू एक ठाउँमा आउने हो भने प्रगतिशील नीति ल्याउन सकिन्छ । तर वामपन्थी दलभित्रै दक्षिणपन्थ छ, त्यसैले एकता हुन सकेको छैन।’

सत्ता मोहमा रूमलिएका विभिन्न दलहरूको स्वार्थका कारण वाम एकता नभएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077