Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिदेशीय शृंखलामा नेपालसँग खेल्ने यूएईको टोली घोषणा

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलाका लागि युनाइटेड अरब इमिरेट्स (यूएई)को राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ ।

यूएईको घरेलु मैदानमा हुने त्रिदेशीय शृंखलाका लागि आइतबार सीपी रिजवानको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरिएको हो ।

भोलि (सोमबार)देखि सुरु हुने शृंखलामा यूएईसँगै नेपाल र पपुवा न्युगिनी (पीएनजी) सहभागी छन् ।

यूएईको टोली -

सीपी रिजवान (कप्तान), मुहम्मद वसीम, वृत्य अरविन्द, अलिशान शराफू, आर्यन लाक्रा, रोहन मुस्तफा, राहुल भाटीया, हर्जरत बिलाल, आयान खान, कार्तिक मयप्पन, जुनेद सिद्दिकी, जाहोर खान, सबिर अली र आसिफ खान

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077