Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिन्धुपाल्चोकको जन्मस्थलमै कलाकार जयनन्द लामाको सालिक अनावरण

    सिन्धुपाल्चोकको जन्मस्थलमै कलाकार जयनन्द लामाको सालिक अनावरण

    अनलाइन नेपाल
  • आइतबार, १४ फाल्गुन २०७९
  • 534
    SHARES

    काठमाडौं । ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता तथा फिल्म निर्माता एवं निर्देशक स्व. जयनन्द लामाको उनको गृहक्षेत्र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं ३ धार्पामा सालिक अनावरण गरिएको छ।

    जयनन्द लामा स्मृति कोषले धार्पास्थित उनक निजी जग्गामै शालिक निर्माण गरी अनावरण गरेको हो।



    प्रतिमामा तामाङ पहिरनमा सजिएका स्वर्गीय गायक लामालाई तामाङको सांस्कृतिक बाजा डम्फू बजाउँदै गरेको अवस्थामा प्रस्तुत गरिएको छ ।



    सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाको २०७८ फागुन ११ गते ६६ वर्षको उमेरमा निधन भएको थियो । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, कौशलटारस्थित आफ्नै घरअगाडि उनी मृत फेला परेका थिए ।

    लामा झण्डै पाँच दशक कलाकारिता क्षेत्रमा सक्रिय रहेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार