Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कलाकार लामाको निधनमा राष्ट्रपति-प्रधानमन्त्री र प्रचण्डले दिए श्रद्धाञ्जली, कसले के भने ?

    कलाकार लामाको निधनमा राष्ट्रपति-प्रधानमन्त्री र प्रचण्डले दिए श्रद्धाञ्जली, कसले के भने ?

    अनलाइन नेपाल
  • बुधबार, ११ फाल्गुन २०७८
  • 1K
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकगायक तथा कलाकार जयनन्द लामाको निधनले कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको बताएकी छन् । गायक लामाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले यस्तो बताएकी हुन् ।

    ‘प्रसिद्ध लोकगीत संकलक‚ गायक तथा अभिनेता जयनन्द लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको छ । दुःखको यस घडीमा स्वर्गीय लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु,’ राष्ट्रपति भण्डारीले ट्विटमा लेखेकी छन् ।



    यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले लोकगायक लामाको निधनले मुलुकले एक असल साधक गुमाएको बताएका छन् ।



    ‘कलाकार एवं लोकगायक जयनन्द लामाको असामायिक निधनबाट मुलुकले गीत–संगीत, चलचित्र एवं हास्यक्षेत्रका एक असल साधक गुमाएको छ,’ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’

    त्यस्तै, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ले पनि लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    ‘लोकप्रिय कलाकार लामा भौतिक रुपमा हामी माझ नरहेता पनि “कल्कत्ते काँईयो, चुँई चुँई चुँईकने जुत्ता, के को साँचो” जस्ता उहाँका अनगिन्ति श्रृजनाहरु हाम्रा ओठहरुमा सदैव बसिरहनेछन्। हामी सम्झिरहनेछौं।’ प्रचण्डले लेखेका छन्, ‘कलाकार जयनन्द लामा प्रति भावपुर्ण श्रद्धांजली ।’

    लोकगायक लामाको आज बिहान भक्तपुरस्थित आफ्नै निवासमा निधन भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार