Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • संसदको पहिलो बैठक पुस २५ गते आह्वान

    संसदको पहिलो बैठक पुस २५ गते आह्वान

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 606
    SHARES

    काठमाडौं । सरकारले पुस २५ गते संसद बैठक बोलाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद बैठक बोलाउन राष्ट्रपतिकहाँ सिफारिस गर्ने निर्णय लिएको थियो।

    त्यहीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार संसद बैठक आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेका थिए।



    मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति भण्डारीले १३ दिनको समय राखेर संसद बैठक आह्वान गरेकी हुन्।



    जसअनुसार आगामी पुस २५ गते दिउँसो १ बजे संसद बैठक बस्नेछ। ४ मंसिरको चुनाव सम्पन्न भएपछि पहिलो पटक संसद बैठक बस्न लागेको हो।

    प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार