Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपति भण्डारीसँग चिनियाँ नेता लीको शिष्टाचार भेटवार्ता

    राष्ट्रपति भण्डारीसँग चिनियाँ नेता लीको शिष्टाचार भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 987
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुको शिष्टाचार भेटवार्ता राष्ट्रपतिको कार्यालय शीतल निवासमा सुरु भएको छ।

    राष्ट्रपति भण्डारीसँग आज अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता सुरु भएको हो।



    आज बिहान साढे नौ बजे चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गरेको थियो।



    सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ आइपुगेका हुन्।

    अध्यक्ष ली नेतृत्वमा छ चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, अन्यसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ। अध्यक्ष ली भ्रमण सम्पन्न गरी बिहीबार बिहान विशेष विमानबाट स्वदेश फर्कने कार्यक्रम छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार