Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लामो समयपछि काठमाडौंमा हिउँदे वर्षा

काठमाडौं । आइतबार काठमाडौंमा यसपालिको पहिलो हिउँदे वर्षा भएको छ। काठमाडौंमा यसपालिको पहिलो हिउँदे वर्षा हो।

अहिले साँखुलगायत क्षेत्रमा पानी पर्न सुरू भएको छ। साँझसम्म काठमाडौंका अरू ठाउँमा पनि छिटफुट वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बतायो ।

पश्चिमी वायुको प्रभावका कारण आइतबार देशैभरिका पहाडी क्षेत्रमा मौसम बदली भएको छ। पोखरा, लमजुङ, गोरखालगायत क्षेत्र हल्का वर्षा भएको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। लामो समयसम्म काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा वर्षा भएको थिएन । हिँउदो समयमा समेत वर्षा नहुँदा किसान मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077