Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बैंकको चर्को ब्याजदरविरुद्ध सुदूरपश्चिमका व्यवसायी चरणबद्ध आन्दोलनमा

धनगढी । बैङ्कहरूले चर्को ब्याजदर लिएको भन्दै उद्योगी व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशमा सोमबारदेखि चरणबद्ध आन्दोलन गर्ने भएका छन्।

कैलाली उद्योग वाणिज्य सङ्घले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा भोलिबाट प्रदेशका सबै जिल्लामा एकैप्रकारको आन्दोलन गर्ने जनाइएको हो ।

भोलिदेखि हरेक दिन बिहान ११ बजेसम्मका लागि बजार बन्द गर्ने, विरोध र्‍याली निकाल्ने, प्रत्येक बैंक, राष्ट्र बैंकदेखि प्रशासनसम्म कोणसभा गर्ने आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको छ ।

साथै फागुनभित्र माग पूरा नभए थप छलफल गरेर सशक्त आन्दोलन गर्नेसमेत निजी क्षेत्रले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077