Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीको भ्यानबाट हाम फालेर बलात्कार अभियुक्त हतकडीसहित फरार, खोज्दै प्रहरी

धनुषा । धनुषामा बलात्कार मुद्दामा पक्राउ परेका एक अभियुक्त हतकडीसहित फरार भएका छन् ।

जिल्लाको सबैला नगरपालिका वडा नम्बर–१३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया प्रहरीको भ्यानबाट हाम फालेर फरार भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आइतबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय फर्किदै गर्दा मुखिया साँझ साढे ७ बजे यदुकुहास्थित कमला नहर नजिक भ्यानबाट हामफालेर भागेका छन् ।

रातिदेखि नै उनको खोजी कार्य तीव्र पारिएको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077