Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

'पावर बैंक' भन्दै प्लास्टिकमा माटो बेच्ने दुई भारतीय प्रहरीको फन्दामा

रुपन्देही । चिठ्ठामा पावर बैंक पर्छ भनि प्लास्टिकका खोलमा माटो भरेर बेच्ने दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

आइतबार दिउँसो रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा न. १० सालझण्डीबाट भारतको सिद्धार्थनगर जिल्ला चन्दनताय गाउँका २८ वर्षीय विवेक कुमार भट्ट र २५ वर्षीय सर्वेश कुमार भट्ट हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरुले सैनामैना नगरपालिका १० सालझण्डीको झिमझीमेमा ५० को चिठ्ठा स्क्र्याच गर्दा सबैमा पावर बैंक पर्ने भनी कुपन बिक्री गरी पावर बैंक परेपछि एक हजार दुई सय रुपैयाँ लिएर तीन हजार दुइ सय रुपैयाँ पर्ने पावर बैंक भनेर प्लाष्टिकको खोल बेचेका थिए ।

४/५ घण्टा चार्ज गरेपछि मात्र काम गर्छ भनेर किनेको पावर बैंकको खोलभित्र गिलो माटो भेटेपछि स्थानीयले इलाका प्रहरी कार्यालय सालझण्डीलाई खबर गरेका थिए ।

उनीहरुबाट यूपी ५५ एफ १५१९ नम्बरको स्पेन्डर मोटरसाइकल, ३ हजार ४ सय २० नगदसहित स्क्र्याच कुपन ७९, माटो भरेको पावर बैंक ६ र डाटा केबल ६ वटा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनीहरुमाथि ठगी सम्बन्धी कसुर अन्तर्गत अदालतबाट म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077