काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको सम्झौता रद्द गरेको छ ।
सुर्खेतमा भएको वार्षिक साधारण सभाले नेपाल टी-२० लिगमा स्टार्टेजिक तथा कमरर्सियल पार्टनर रहेको सेभेन थ्रिसँग गरेको ८ वर्षको सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।
क्यानले आयोजना गरेको नेपाल टी–२० लिगका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई रणनीतिक तथा व्यावसायिक साझेदार बनाउने निर्णय गरेको थियो । क्यानले सेभेन थ्री स्पोर्ट्ससँग आठ वर्षका लागि ३३ करोड रुपैयाँको सम्झौता गरेको थियो ।
सम्झौताअनुसार सेभेन थ्री स्पोर्ट्सले पहिलो संस्करणको लागि तीन करोड ९० लाख दिने सहमति भएको थियो । त्यस्तै, पुरस्कार रकमको एक करोड २५ लाख पनि सेभेन थ्री स्पोर्ट्सले दिने सहमति भएको थियो ।
तर, सेभेन थ्री स्पोर्ट्सले कुल दुई करोड २० लाख रुपैयाँमात्र क्यानलाई दिएको छ । भुक्तानी गर्न बाँकी रकम असुल उपर गर्नका लागि कानूनी प्रक्रिया अगाडि बढाउन केन्द्रीय कार्यसमितिलाई क्यान वार्षिक साधारण सभाले जिम्मेवारी दिएको छ ।
