Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्यानले पाँचजना केन्द्रीय सदस्यलाई स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पाँचजना केन्द्रीय सदस्यलाई स्पष्टीकरण सोध्ने भएको छ ।

विधानविपरीत संघका विरुद्धमा पत्रकार सम्मेलन गर्ने र विभिन्न निकायमा गई संघलाई नै बदनाम र निलम्बन गराउने प्रयास गरेको भन्दै क्यानले उनीहरुलाई स्पष्टीकरण सोध्न लागेको हो ।

सुर्खेतको विरेन्द्रनगरमा भएको साधारण सभाले सञ्जयराज सिंह, मो. दाउद अन्सारी, ऋषिराम गौतम, अमितवीर पाण्डे र करण महतारा क्षेत्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

नेपाल क्रिकेट संघको विधान विपरीत संघका विरुद्धमा क्रियाकलाप गरिरहेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको र चित्तबुझ्दो स्पष्टीकरण नआएमा उनीहरूलाई निलम्बनसमेत गर्न साधारणसभाले केन्द्रीय कार्यसमितिलाई निर्देशन गरेको क्यानले जनाएको छ ।

‘‘निजहरूलाई अबिलम्व स्पष्टीकरण सोधी चित्त बुझ्दो जवाफ नआएमा निलम्वन समेतको कारबाही गर्न यो साधारण सभा केन्द्रीय कार्यसमितिलाई निर्देशन गर्दछ,’’ क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077