काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
जसकारण आज आंशिकदेखि सामान्य बदली भइ देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागमा स्थानीय वायुको प्रभाव रहेकाले उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।
आज राति प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहानमा डी तथा हिमाली भू-भागका एक-दुई स्थाहल्का हिमपातको सम्भावना छ ।