Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लोसपाको बैठक बस्दै, सरकारमा सहभागिताको विषय टुंग्याउने

काठमाडौं । सरकारमा सहभागिताको विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपालको बैठक आज बस्ने भएको छ ।

पार्टीले कति वटा र कुन मन्त्रालय लिने भन्ने विषयमा निर्णय गरेर सरकारसँग कुरा गर्ने भएको छ ।

लोसपा नेपाल सरकारमा सहभागी हुने सहमति भएको र पार्टीमा कुराकानी गरेर सरकार पक्षसँग छलफल गर्ने लोसपाका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले बताए ।

लोसपाले राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077