Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन

    राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन

    पौडेल र नेम्वाङको उम्मेदवारी कायम

    अनलाइन नेपाल
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 636
    SHARES

    काठमाडौं । आसन्न राष्ट्रपति पदको निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ ।

    निर्वाचन अधिकृतको कार्यालयले मंगलबार साँझ अन्तिम नामावली प्रकाशित गरेको हो । शनिबार उम्मेदवारी दर्ता गराएका रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङको नामावली कायम भएको छ ।



    राष्ट्रपति तथा उपराष्ट्रपतिका निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा २३ बमोजिम अन्तिम नामावली प्रकाशित गरिएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जनकारी दिए ।



    नामावलीअनुसार वर्णानुक्रमको पहिलो नम्बरमा रामचन्द्र पौडेलको नाम छ । यहप् फागुन २५ गते राष्ट्रपतिको निर्वाचनका लागि मतदान हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार