Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेन युद्धलाई लिएर तनाव बढिरहेका बेला बेलारुसका राष्ट्रपति लुकासेन्को किन गए चीन ?

एजेन्सी । बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्को चीनको राजकीय भ्रमणमा गएका छन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकटका सहयोगी लुकासेन्को युक्रेन युद्धलाई लिएर भूराजनीतिक तनाव बढिरहेका बेला चीन पुगेका हुन् ।

राष्ट्रपति लुकासेन्को भ्रमणलाई चीन र बेलारुसबीचको चौतर्फी सहयोग अभिवृद्धि गर्न तथा पारस्परिक सहयोग एवं विकास प्रवद्र्धन गर्ने अवसरका रूपमा लिइएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति लुकासेन्को भ्रमणलाई पश्चिमा देशले आशंकाका साथ हेरिरहेका छन् । चीनले रूसलाई सैन्य सहायता उपलब्ध गराउने विवरण सार्वजनिक भइरहँदा उनीहरू त्यसबाट चिन्तित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077