Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछानेलाई आजै यूएई पठाउने क्यानको तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेलाई आज युएई पठाउने तयारी गरेको छ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतबाँकी तीन खेल खेल्न क्यानले सन्दीपलाई यूएई पठाउन लागेको हो । विश्वकप लिग-२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा नेपाल सहभागी छ ।

विदेश यात्रामा प्रतिबन्धका कारण सन्दीप नेपाली राष्ट्रिय टिमसँग जान पाएका थिएनन् । पाटन उच्च अदालतले लगाएको विदेश भ्रमणको प्रतिबन्ध सर्वोच्च अदालतले फुकुवा गरेसँगै लामिछानेलाई युएई पठाउन क्यानले आईसीसीसँग अनुमति मागेको छ ।

यूएईमा खेलिरहेको राष्ट्रिय टिमका एक–दुई खेलाडी चोटग्रस्त भएकाले एकजनालाई सन्दीपले प्रतिस्थापन गर्ने गरी पठाउन लागिएको क्यान स्रोतले बतायो । आइसीसीले यसबारेमा निर्णय दिइसकेको छैन ।

भोलि नेपालको यूएईसँग दोस्रो महत्त्वपूर्ण म्याच छ । आईसीसी अनुमति दिए सन्दीपलाई युएई पठाउन आजै भिसा आवेदन दिइने जनाइएको छ ।

क्यानले यसअघि नै आइसीसी विश्वकप लिग २ का लागि अन्य खेलाडीसँगै सन्दीपको नाम दर्ता गराइसकेको थियो।  सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई ४ विकेटले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077