Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजार दोहोरो अंकले घट्यो, एक अर्ब २८ करोडको कारोबार

काठमाडौं । बुधबारको सेयर बजार २४.४४ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को बुधबार सेयर बजार घटेर १९९५.४९ विन्दुमा पुगेको छ ।

त्यस्तै, आज सेयर कारोबार रकम पनि घटेको छ। २ सय ५७ वटा कम्पनीको ३७ लाख २९ हजार कित्ता शेयर एक अर्ब २८ करोड रुपैयाँमा कारोबार भएको छ ।

आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा बीमा, लघुवित्त र उत्पादन समूहको सेयर उच्च अङ्कले घटेको छ ।

कारोबारका आधारमा अपर तामाकोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आठ करोड ७२ लाख ३७ हजार बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077