Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सेनाले थुनेका दुई कर्णेललाई अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले आर्थिक अनियमितताको आरोपमा नेपाली सेनाले नियन्त्रणमा लिएका दुई कर्णेललाई सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको छ ।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिम्सिनालाई तीनदिन भित्रमा सर्वोच्चमा उपस्थित गराउन बुधबार आदेश दिएको हो ।

सर्वोच्चले नेपाली सेनासँग लिखित जवाफ समेत माग गरेको छ। आर्थिक अनियमिततामा जोडिएको भन्दै नेपाली सेनाले सैनिक प्रहरीको हिरासतमा राखेको थियो।

दुवैजनाको तर्फबाट बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चले बुधबार आदेश जारी गर्दै बन्दीसहित उपस्थित हुन सेनालाई आदेश दिएको हो । सर्वोच्चले उनीहरूलाई नियन्त्रणमा लिएको बारे ‘कारण देखाऊ आदेश’ पनि जारी गरेको छ ।

महासेनानी शाह र प्रमुख सेनानी तिम्सिनाको आचरण सैनिक अनुशासन विपरीत देखाएको हुनाले सोधपुछ भइरहेको सैनिक प्रवक्ता (सहायकरथी) कृष्ण प्रसाद भण्डारीले जानकारी दिए ।

प्राड महासेनानी महेन्द्रजंग शाह र प्राड प्रमुख सेनानी कुलदिप तिम्सिनाले कानुन व्यवसायीमार्फत प्रधान सेनापतिलाई विपक्षी बनाएर रिट सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077