Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वकपमा छनोट भएको युवा टिमलाई जनही एक लाख दिने क्यानको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू–१९ विश्वकपमा छनोट भएको टिमलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

नेपाली युवा टिमले बिहीबार आयोजक युनाइटेड अरब इमिरेट्स (यूएई) माथि सात रनको विजय हासिल गर्दै श्रीलंकामा हुने २०२४ को आईसीसी यू–१९ विश्वकपमा स्थान पक्का गरेपछि क्यानले यस्तो घोषणा गरेको हो ।

‘‘संघले नेपाली युवा टिमले हासिल गरेको सफलताको कदर गर्दै जनही १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ,’’ क्यानले भनेको छ, ‘‘हाम्रा युवा खेलाडीहरूको उपलब्धिलाई मान्यता दिई आवश्यक सहयोग प्रदान गरी उनीहरूको मनोवल बढाउन नेपाल सरकारलाई पनि आग्रह गर्दछौँ । हाम्रो युवा प्रतिभालाई समर्थन र प्रोत्साहन गर्न जारी राखौँ किनकि उनीहरूले विश्व मञ्चमा हाम्रो देशको प्रतिनिधित्व गर्छन् ।’’

नेपाल आठौँ पटक यू–१९ विश्वकपमा छनोट भएको हो । नेपालले यसअघि २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ मा गरी सातपटक आईसीसी यू–१९ विश्वकप खेलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077