Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

राप्रपाले रवीन्द्रलाई दियो पार्टीको रणनीति, कार्यनीति र कार्यक्रमको खाका बनाउने जिम्मेवारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा पार्टीको रणनीति, कार्यनीति र कार्यक्रमको खाका बनाउन समिति गठन गरेको छ ।

बिहीबार समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा बसेको केन्द्रीय निर्देशन समितिको बैठकले समितिलाई २ महिना भित्र पेस गर्ने समय दिएको हो ।

उक्त समितिको सदस्यमा उपाध्यक्षहरु हेमजङ्ग गुरुङ र उद्धव पौडेल रहेका छन् ।

यस्तै पार्टी आन्तरिक विवाद तथा निष्क्रिय रहेका जिल्लाहरूको समस्या समाधानबारे छानबिन गरी १५ दिन भित्र आवश्यक सुझाव पेस गर्न केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापालाई जिम्मेवारी दिने निर्णय गरिएको राप्रपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077