Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • उपभोक्ताको भान्सामा विषादीको भारी

    उपभोक्ताको भान्सामा विषादीको भारी

    अनलाइन नेपाल
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 465
    SHARES

    काठमाडौं । आम उपभोक्ताको जीवनमाथि गम्भीर खेलबाड हुने गरी तरकारीमा विषादी प्रयोग भएको फेला पारेको छ ।

    केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईले कालिमाटीमा आउने तरकारीमा परीक्षण गर्दा केहीमा ९९ प्रतिशतसम्म विषादीको अवशेष फेला परेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिभित्र यो प्रयोगशाला छ ।



    विभिन्न जिल्लाबाट काठमाडौं भित्रिने हरियो सागदेखि गोलेभेंडा, काउलीलगायत अधिकांश तरकारी परीक्षण गर्दा विषादीका अवशेष पाइएको हो ।



    सरकारको मापदण्डअनुसार ३५ प्रतिशतसम्म विषादीको अवशेष देखियो भने त्यसलाई उपभोग गर्न मिल्छ । यसैगरी, ३५ देखि ४५ प्रतिशत विषादीको अवशेष देखिए केही दिन राखेर उपभोग गर्न सकिन्छ । तर, ४५ प्रतिशतभन्दा बढी विषादीको अवशेष देखियो भने खान नहुने अर्थात फाल्नु पर्ने मापदण्ड कायम छ । कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार