Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पशुपति क्षेत्रका अतिक्रमित संरचना हटाउन महानगरको २४ घण्टे अल्टिमेटम

    पशुपति क्षेत्रका अतिक्रमित संरचना हटाउन महानगरको २४ घण्टे अल्टिमेटम

    अनलाइन नेपाल
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 486
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ।

    महानगरपालिकाले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशनसहितको अल्टिमेटम दिएको हो ।



    पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक रु ५० हजार भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशालाका नाममा सञ्चालन भइरहेको पाइएको महानगरपालिकाले जनाएको छ।



    यसैगरी पशुपति क्षेत्रमा २० वटा भन्दा धेरै सटरबिना दर्ता सञ्चालन भइरहेको महानगरको निरीक्षणमा भेटिएको छ। धर्मशालाले नक्सा पास बिना नै संरचना निर्माण गरेको पाइएकाले त्यस्ता संरचना हटाइने महानगरले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार