Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सांसद चौलगाईंको आर्यघाटमा अन्त्येष्टि, राष्ट्रिय झण्डा ओढाएर सम्मान

    सांसद चौलगाईंको आर्यघाटमा अन्त्येष्टि, राष्ट्रिय झण्डा ओढाएर सम्मान

    अनलाइन नेपाल
  • बुधबार, २९ बैशाख २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं बाग्मती प्रदेशका सांसद पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

    कोरोना संक्रमण भएपछि  मंगलबार राति निधन भएका चौलागाईंको बुधबार विहान अन्त्येष्टि गरिएको हो ।



    यसअघि अस्पतालमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चौलागाईंको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए भने नेकपा एमालेका अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए ।



    चौलागाईंलाई अन्तिम श्रद्धाञ्जलि दिन बुधबार बिहान पशुपति आर्यघाटमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङ, एमाले बागमती प्रदेश सङ्गठनका अध्यक्ष आनन्दप्रसाद पोखरेल, पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ, प्रदेशसभाका सदस्य रचना खड्कालगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

    नेता चौलागाईँ दोलखा ख बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै, २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक कोटाबाट सांसद भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार