Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कोरोनाका कारण विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको निधन

    कोरोनाका कारण विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको निधन

    अनलाइन नेपाल
  • मंगलबार, २ कार्तिक २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । कोभिड–१९  संक्रमणका कारणविवेकशील साझा पार्टीका केन्द्रीय सदस्य एवं नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन भएको छ ।

    कोभिड संक्रमणपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत महर्जनको सोमबार निधन भएको विवेकशील पार्टीले जनाएको छ ।



    आरबी डायमन्ड ज्वेलर्सका प्रबन्ध निर्देशकसमेत रहेका महर्जन नेपाल श्रीलंका चेम्बर अफ कमर्सको अध्यक्ष पनि भएका थिए ।



    महर्जनको निधनप्रति विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘अत्यन्तै सफल व्यवसायी सामाजिक व्यक्तित्वको निधनले पार्टीका लागि मात्र नभई देशैका लागि अपूरणीय क्षति भएको’ बताएका छन् । उनले लेखेका छन्, ‘पार्टी निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुभएका महर्जन दुई वर्षभित्र म छोराछोरीलाई सबै व्यवसाय हस्तान्तरण गर्छु र पार्टीमा पूरै समय लगाउँछु भन्नुहुन्थ्यो, समयले तपाईंलाई पर्खिएन । तपाईंको आत्मालाई चिरशान्ति र परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार