Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कोरोनाबाट काठमाडौँ परिसरका डिएसपी केसीको निधन

    कोरोनाबाट काठमाडौँ परिसरका डिएसपी केसीको निधन

    अनलाइन नेपाल
  • बिहिबार, ६ जेष्ठ २०७८
  • 2.6K
    SHARES

    काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी परिसरका डिएसपी राजकुमार केसीको निधन भएको छ।

    ४३ वर्षीय केसीको महराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको हो।



    काठमाडौँको मूलपानी घर भएका केसीले परिसरको प्रवक्ता तथा अनुसन्धान प्रमुखका रुपमा काम गरेका थिए ।



    फ्रन्टलाइन खटिएर काम गरेका उनलाई दुई साता अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

    स्वास्थ्यमा समस्या देखिएपछि केसीलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । केसीलाई आइसियू र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। केसी  प्रहरी संगठन भित्र इमान्दार  प्रहरी अधिकारीका रुपमा चिनिन्थे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार